काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालको उन्नती जलविद्युतबाट नै सम्भव रहेको बताएका छन। बिहीबार ललितपुरमा आयोजित सामुहिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघ नेपालको १९ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले दुई वर्ष भित्र देशभरका सबै नागरिकको पहुँचमा विद्युत पुर्याउने लक्ष्यलाई साथ दिन महासंघले विद्युत उत्पादन गरी वितरण गर्नेकुरामा सहयोग गर्ने अपेक्षा गरेको बताए।
सभामुख घिमिरेले औद्योगिकरणमा विद्युत खपत गर्ने बाटो बनाउनका लागि संस्थाले महत्वपूर्ण कदम चाल्नुपर्ने बताए । उनले उर्जा ऐन १४ वर्षदेखि अड्किएको कुरा उठेको भन्दै अड्किएका कानूनहरु अघि बढाउने कुरामा आफू गम्भीर रहेको बताए ।
सभामुख घिमिरेले थन्किएर बसेका कानून अघि बढाउने र कानूनहरु पास गर्ने र संशोधन गर्नुपर्ने काममा संसदको भुमिका महत्वपूर्ण रहेको बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ साउन २०८०, १३ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभामुख र प्रधानमन्त्रीबीच भेटवार्ता
फरक विषय बोल्न थाल्नुभयो भने समय नदिने अवस्था आउन सक्छ: सभामुख
संसदमा प्रधानमन्त्रीको खोजी, रुलिङ गर्न सभामुखसँग कांग्रेसको माग
सभामुखले बोलाए प्रमुख सचेतक तथा सचेतकको बैठक
सभामुख र चिनियाँ राजदूतबीच भेटवार्ता, ताइवान-तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो
सभामुख र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता