रिद्धि सिद्धि सिमेन्टद्वारा ‘मकवानपुर स्मार्ट स्टुडेण्ट अफ द इएर २०८०’ छात्रवृत्ति कार्यक्रम घोषणा

सफल खबर संवाददाता

बुधबार, १० साउन २०८०, १५ : ४३
रिद्धि सिद्धि सिमेन्टद्वारा ‘मकवानपुर स्मार्ट स्टुडेण्ट अफ द इएर २०८०’ छात्रवृत्ति कार्यक्रम घोषणा

काठमाडौं। रिद्धि सिद्धि सिमेन्ट लिमिटेडले ‘मकवानपुर स्मार्ट स्टुडेण्ट अफ द इएर २०८०’ छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ ।यस वर्षदेखि आफ्नो व्यावसायिक सामाजिक उत्तर दायित्व अन्तर्गत मकवानपुरलाई लक्षित गरेर ‘मकवानपुर स्मार्ट स्टुडेण्ट अफ द इएर २०८०’ को छात्रवृत्ति कार्यक्रम घोषणा गरेको हो ।

 

यस छात्रवृत्ति अन्तर्गत २०७९ मा परीक्षा दिएर २०८० सालमा नतिजा प्राप्त भई एसईईमा उत्तीर्ण भएका विद्यार्थीहरू सहभागी बन्न पाउनेछन् । परीक्षामा ३.६ जीपीएदेखि ४ जीपीए ल्याएका विद्यार्थी यस छात्रवृत्ति कार्यक्रममा योग्य मानिने छन् ।

 

छात्रवृत्ति अन्तर्गत पहिलो हुने विद्यार्थीलाई मासिक रुपमा पाँच हजार रुपैयाँ, दोश्रो हुनेलाई ३ हजार ५ सय, तेश्रो हुनेलाई २ हजार ५ सय प्रदान गरिनेछ ।यस्तै, सान्त्वना स्वरुप ८ जना विद्यार्थीलाई मासिक रुपमा १ हजार ५ सय रुपैयाँ कम्पनीले एक वर्षसम्म उपलब्ध गराउने छ ।

यस योजनामा आबद्ध हुन विद्यार्थीले कम्पनीको आधिकारिक वेवसाईट www.riddhisiddhicements.com वा फेसबुक पेज https://www.facebook.com/RiddhiSiddhicements मा गएर उल्लेखित क्यूआर कोड स्क्यान गरी फारम भर्न सक्नेछन् । आवेदकको फारम यही साउन २१ गतेसम्म बुझाउन सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस