भन्सार एजेन्ट पराजुलीको रिट न्यायाधीश चुडालको इजलासमा

सफल खबर संवाददाता

बुधबार, १० साउन २०८०, १२ : ४१
भन्सार एजेन्ट पराजुलीको रिट न्यायाधीश चुडालको इजलासमा

काठमाडौँ । राजस्व अनुसन्धान विभागको थुनामा रहेका भन्सार एजेन्ट यादव पराजुलीले सर्वोच्च अदालतमा दायर गरेको रिटमा आज सुनुवाइ हुँदैछ ।

करिब १ सय किलो सुन तस्करी प्रकरणमा राजस्वले नियन्त्रणमा लिएर अनुसन्धान थालेपछि पराजुलीका तर्फबाट अधिवक्ता विक्रम भण्डारीले सर्वोच्चमा रिट दायर गरेका थिए । पराजुलीको उक्त रिट सुनुवाइका लागि न्यायाधीश कुमार चुडालको इजलासमा पेसी तोकिएको हो ।

‘रेडी ट्रेड प्रालि’ बुढानीलकण्ठले ‘ब्रेक सुल’को नाममा मगाएका सुन पराजुलीको एजेन्ट नम्बर प्रयोग गरेर राजेन्द्र राईले प्रज्ञापन पत्र भरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट छुटाएका थिए ।

प्रतिक्रिया दिनुहोस