न्युयोर्क । मौसममा आएको परिवर्तन (ग्लोवल वार्मिङ)का कारण अहिले विश्वमा ठुलो उथलपुथल देखिएको छ । बाढी र गर्मी दुवै एउटै देशमा देखिएका छन् ।
अमेरिकामा चर्को गर्मी छ । गर्मीमा यति धेरै गर्मी हुन्छ कि मानिसहरू घरबाट निस्कने बित्तिकै धमाधम बिरामी पर्न थालेका छन् । एरिजोनाका केही भागहरूमा बर्न युनिटहरूमा एक तिहाइ बिरामीहरू गर्मीकै कारण अस्पताल भर्ना हुन बाध्य भएका छन् ।
फिनिक्सको भ्याली वाइज हेल्थका बर्न सर्भिसका निर्देशक डा केभिन फोस्टरले आईसीयूमा रहेका आधाभन्दा बढी बिरामी आफैँ लडेर बेहोस भएको बताए । फिनिक्स सहरमा अहिले लगातार २४ दिनसम्म ११० फरेनहाइट (४३ डिग्री सेल्सियस) माथिको तापक्रम रेकर्ड तोडिएको छ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १० साउन २०८०, ११ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण