काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभेलप्मेन्ट (आईएफएडी) का प्रमुख डा. अल्भारो लारियोबीच मंगलबार बिहान भेटवार्ता भएको छ । भेटवार्तामा आईएफएडीद्वारा नेपालमा सञ्चालित विभिन्न परियोजनाको समीक्षा, आईएफएडी र नेपालीका सम्बन्ध लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
नेपालमा कृषि क्षेत्रमा आईएफएडीले विभिन्न परियोजनाहरु सञ्चालन गर्दै आइरहेको छ ।सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाबीच इटालीमा भेटवार्ता भएको थियो ।
त्यस्तै अतिकम विकसित राष्ट्रहरूको समूह (एलडीसी) को अध्यक्षका हैसियतमा प्रधानमन्त्री प्रचण्डले सम्मेलनलाई सम्बोधन गरेका थिए । त्यस्तै उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका थिए ।
सोमबार नै उनले सात देशमा रहेका नेपाली प्रतिनिधिहरूलाई भेटेका थिए । प्रधानमन्त्री प्रचण्डले नेपाली जनप्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोएसिया, पोर्चुगल, अस्ट्रिया र आयरल्याण्डका प्रतिनिधिहरूसँग भेट गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ साउन २०८०, १३ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड