चितवन। प्रेस चौतारी चितवनका संस्थापक अध्यक्ष रामबाबु सुवेदीले प्रेस चौतारी चितवनको भवननिर्माणका लागि आर्थिक सहयोग गरेका छन् । नेकपा एमाले पार्टी कार्यालय भरतपुरमा आज विहान संस्थापक अध्यक्ष सुवेदीले दिवंगत छोरा रजत सुवेदीको स्मृतिमा २५ हजार २ सय २५ रुपैयाँ जिल्ला अध्यक्ष सुवास पण्डितलाई भवन निर्माणका लागि हस्तान्तरण गरे। सो अवसरमा एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेसमेत उपस्थित थिए।

भरतपुर महानगरपालिका वडा नं.११ बसेनीमा प्रेस चौतारीको देश कै पहिलो भवन बनिरहेको छ । संस्थापक अध्यक्ष सुवेदीले आफूले जन्माएको संस्थाले भवन बनाउँदै गर्दा सानो भए पनि योगदान गर्न सकियोस् भन्ने उत्कृट चाहाना रहेकोले सहयोग गरेको बताए। दिवंगत छोराको स्मृतिमा अझै केही थप सहयोग गर्न मन छ, उपर्युक्त समयमा केही निर्णय लिन्छु’ सुवेदीले भने, ।अहिले भवनका लागि उसकै नामबाट रहने गरी सकेको सहयोग गरेको हुँ ।
’ पैसा भएर भन्दा पनि मन भएर सहयोग गरेको सुवेदीले बताए । प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले संस्थापक अध्यक्षज्यूबाट भएकोले सहयोगले भवन निर्माणका लागि हौसला र प्रेरणा मिलेको बताए । संस्थापक अध्यक्षज्यूले नै सहयोग गर्नुभएपछि अन्यत्रबाट पनि भवन निर्माणका लागि सहयोग जुट्छ, हामी सबैले गर्ने सानो सानो सहयोगबाट श्रमजीवि पत्रकारहरुको साझा थलो निर्माण हुन्छ’ अध्यक्ष पण्डितले भने,।
आर्थिक समस्याका बावदुत पनि भवन निर्माणका लागि सहयोग गर्ने सबैप्रति संगठन कृतज्ञ छ ।’ प्रेस चौतारी भवन निर्माण समितिले भवन निर्माणका लागि २५ हजार वा सोभन्दा माथि सहयोग गर्ने दाताहरुको नाम शिलापत्रमा लेख्ने निर्णय यसअघि नै गरेको छ ।समाजसेवी केशव कार्की दिएको करीव १० धुर जग्गामा बन्दै गरेको भवनको पहिलो तलाको ढलान सम्पन्न भएको छ । भवनको भूईं तलामा कार्यालय कक्ष रहनेछ ।
पहिलो तलामा कार्यक्रम गर्न मिल्ने हल बन्ने अध्यक्ष पण्डितले जानकारीदिए । १ बर्ष भित्र बनाइसक्ने भवनका लागि विभिन्न ब्यक्ति तथा संघसंस्थाबाट सहयोगको प्रतिवद्दता आएको अध्यक्ष पण्डितले जानकारी दिए । साढे ३ तले भवनका लागि १ करोड ५० लाख लागत अनुमान गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ साउन २०८०, १२ : ५९
लेखकबाट थप