कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो छैन: विमलेन्द्र निधि

सफल खबर संवाददाता

मंगलबार, ०९ साउन २०८०, १२ : ३२
कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो छैन: विमलेन्द्र निधि

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले नेपाली काँग्रेस जस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो नरहेको दाबी गरेका छन् ।मंगलवार काठमाडौँमा आयोजित चियापान समारोहमा बोल्दै उनले देशमा कम्युनिस्ट, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी धेरै भएपनि लोकतन्त्र गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी काँग्रेस मात्रै रहेको जिकिर गरे ।

उनले पार्टीमा सभापति भर्सेस महामन्त्री भन्नेकुरा नरहेको बताए ।निधिले नेपाली काँग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पार्टीका गतिविधि पनि लोकतन्त्रमै विश्वास गरेर अघि बढाइएको बताए । नेता निधीले एकतावद्ध भएर जनताको लोकतन्त्रको पक्षमा काम गर्नेकुरामा काँग्रेस केन्द्रिय समिति बैठकमा छलफल भएको बताए । 

प्रतिक्रिया दिनुहोस