चितवन । दिगो बिकास लक्ष्य प्राप्तिको लागी सहकारी भन्ने मूल नाराका साथ् सुनचादी बचत तथा ऋण सहकारी सस्थाको छैटौ बार्षिक तेश्रो अधिबेशनबाट रुबिन रामुदामु उपाध्यक्ष चयन हुनुभएको छ । सोमबार चितवनको नारायाणगढ स्थित होटल रोयल सेन्चुरीमा भएको तेश्रो अधिबेशनबाट रुबिन रामुदामु सर्वसम्बत रुपमा उपाध्यक्ष चयन हुनुभएको हो ।
४२ बर्षे इतिहास बोकेको जय सन्तोषी मा पसलका प्रोप्राइटर इश्वरलाल रामुदामुका कान्छा छोरा रुबिन रामुदामु पनि लामो समय देखी सुन चादी व्यवसायसंगै आवद्ध हुनुहुन्छ ।
जय सन्तोषी मा का नारायणगढमा जय सन्तोषी मा ज्वोलरी, जय सन्तोषी मा सुनचादी पसल र जय सन्तोषी मा स्वरूम गरी तीन वटा पसलहरु संचालनमा छन् ।
व्यवसायसंगै समाजसेवा र अन्य सामाजिक कार्यमा निरन्तर सक्रिय रुबिन रामुदामु नेपाल सुनचादी व्यवसायी संघ चितवनको एसोसियट सदस्य समेत हुनुहुन्छ ।
चितवनमा सफल सुन चादी व्यवसायीको रुपमा परिचित रुबिन रामुदामुले लन्डनको थमेस भ्याली बिश्वबिद्यालयबाट बिजनेशमा एमबिए समेत गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस