मकवानपुरमा एसपी सिताराम रिजालको काज सरुवा

सफल खबर संवाददाता

मंगलबार, ०९ साउन २०८०, ११ : ४५
मकवानपुरमा एसपी सिताराम रिजालको काज सरुवा

काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरको इन्चार्जमा प्रहरी उपरीक्षक सिताराम रिजाललाई खटाइएको छ । प्रहरी प्रधान कार्यालयले उनलाई सोमबार मकवानपुरमा काज सरुवा गर्ने निर्णय गरेको हो ।

मकवानपुरमा कार्यरत एसपी बामदेव गौतम अनिवार्य अवकाशमा गएका छन् । उमेर हदका कारण गौतमले अवकाश पाएसँगै रिजाललाई मकवानपुरमा पठाइएको प्रहरी प्रधान कार्यालयका एक जना अधिकृतले जानकारी दिए ।प्रहरी उपरीक्षक सिताराम रिजाल जिल्ला प्रहरी परिसर काठमाडौँमा कार्यरत थिए । 

प्रतिक्रिया दिनुहोस