इंल्याण्डका पहिलो ‘१० लाख पाउण्ड’ फुटबलरको निधन

सफल खबर संवाददाता

मंगलबार, ०९ साउन २०८०, १० : ४०
इंल्याण्डका पहिलो ‘१० लाख पाउण्ड’ फुटबलरको निधन

लण्डन । इंल्याण्डका पूर्व फरवार्ड ट्रेभर फ्रान्सिसको ६९ वर्षको उमेरमा निधन भएको छ । स्पेनमा हृदयाघातका कारण उनको निधन भएको हो ।सन् १९७९ मा उनी इंग्ल्याण्डको पहिलो १० लाख पाउण्ड मूल्य भएका खेलाडी बनेका थिए । उनी सो रकममा बर्मिङ्घम सिटीबाट नटिङहम फरेस्टमा आबद्ध भएका थिए ।

 

बर्मिङ्घमा उनले सन् १९७० मा १६ वर्षको उमेरमा नै आबद्ध भएका थिए । उनको कीर्तिमानलाई सन् २०१९ मा जुड बेलिङहमले तोडेका थिए । क्लबका लागि उनले २८० खेलमा ११९ गोल गरेपछि कीर्तिमानी रकममा फरेस्ट पुगेका थिए ।

फरेस्टसँग उनले दुईवटा युरोपियन कपको उपाधि जितेका थिए । फरेस्टपछि उनी म्यानचेस्टर सिटी र इटालियन क्लब साम्पडोरिया र एटलान्टासँग अनुबन्ध भएका थिए ।त्यस्तै, उनले इंग्ल्याण्डका लागि ५२ खेल खेल्दै १२ गोल गरेका थिए । त्यसपछि उनले म्यानेजरका रूपमा आफ्नो करियर अघि बढाएका थिए ।

प्रतिक्रिया दिनुहोस