इटालीमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन - नेपालमा ‘विद्यालय खाजा कार्यक्रम’ प्रभावकारी

सफल खबर संवाददाता

सोमबार, ०८ साउन २०८०, १६ : ४५
इटालीमा प्रधानमन्त्री प्रचण्डको सम्बोधन - नेपालमा ‘विद्यालय खाजा कार्यक्रम’ प्रभावकारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विद्यालय खाजा कार्यक्रम प्रभावकारी देखिएकाले पछिल्लो ५ वर्षमा चार गुणा बजेट बढाएको बताएका छन् । खाद्य तथा कृषि संगठनको मुख्यालय इटालीको रोममा आयोजित ‘युनाइटेड नेसन्स फुड सिस्टम २०२३ स्टकिङ मोमेन्ट’ लाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले विद्यालय खाजा कार्यक्रममार्फत विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारमा निकै प्रभावकारी देखिएकाले बजेट बढाउँदै लगिएको जानकारी गराए ।

उनले यसबाट नेपालमा हरेक दिन ३३ लाख विद्यार्थी लाभान्वित भइरहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारको क्षमतालाई पनि सुदृढ गर्दै निरन्तररूपमा उक्त कार्यक्रम कार्यान्वयन र अनुगमन गर्ने धारणा राख्दै खाद्य प्रणाली रूपान्तरणका लागि रणनीतिक योजना बनाएको जानकारी पनि गराए ।

सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिबार त्यसतर्फ गएका थिए ।

प्रतिक्रिया दिनुहोस