एनआरएनए हङकङको नेतृत्वमा फेरि ढकाल

सफल खबर संवाददाता

आइतबार, ०७ साउन २०८०, २० : ३८
एनआरएनए हङकङको नेतृत्वमा फेरि ढकाल

काठमाडोै । गैरआवासीय नेपाली संघ (एनआरएनए) हङकङको नेतृत्वमा फेरि गोकर्ण प्रसाद ढकाल चयन भएका छन् । अध्यक्षसहित  सवै पदमा दोहोरो उम्मेदवारी नपरेपछि सिंगो कार्यसमिति नै निर्विरोध चयन भएको हो। निर्विरोध कार्यसमितिको उपाध्यक्षमा अनु राई र सन्तोष गुरूङ चयन भएका छन् । 

यसैगरी महासचिव डिल्लीराम विश्कर्माचयन भएका छन् भने सचिवमा मनोज सूर्यवंशी चुनिएका छन् । त्यस्तै, कोषाध्यक्षमा अर्जुन गौचन र सहकोषाध्यक्षमा रिना कनौजिया निर्वाचित भए । इन्दर पुर्जा पुन युवा संयोजक तथा महिला संयोजकमा कविता गुरुङ चयन भएका छन् ।  यसैगरी, कार्यसमिति सदस्यहरूमा विश्वनाथ घिसिङ, मनिष लिम्बू, बर्दान गुरुङ, अशोक गुरुङ र मनोज गौतम चयन भएका छन् । 

यसैबीच नवनिर्वाचित कार्यसमितिले  आइतबार शपथ तथा पदभार ग्रहण गरेको छ। नवौं राष्ट्रिय महाधिवशेनमा निर्वाचन अधिकृत हेजेन राईले नवनिर्वाचित पदाधिकारीलाई पद तथा गोपनीयताको शपथग्रहण गराएका हुन् । 

उक्त शपथ ग्रहण कार्यक्रममा एनआरएनए आइसिसि सचिव टिका गुरुङ, एनआरएनए हङकङका संस्थापक अध्यक्ष कृष्ण प्रसाद पाण्डेलगायत हङकङमा रहेका विभिन्न संघ संस्थाका पदाधिकारीहरुको उपास्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस