प्रधानमन्त्री प्रचण्ड इटालीको रोममा

सफल खबर संवाददाता

आइतबार, ०७ साउन २०८०, १५ : ००
प्रधानमन्त्री प्रचण्ड  इटालीको रोममा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड इटालीको रोममा पुगेका छन् । इटालीमा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड रोम पुगेका हुन् ।

शनिबार साँझ काठमाडौंंबाट प्रस्थान गरेका प्रधानमन्त्री प्रचण्ड स्थानीय समयअनुसार साढे ७ बजे रोम पुगेकोे उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्डलाई रोमस्थित अष्ट्रियाकाा लागि नेपाली राजदूत भरतकुमार रेग्मी तथा इटालीका परराष्ट्र मन्त्रालयका अधिकारीले स्वागत गरेका थिए । 

प्रधानमन्त्री प्रचण्डसँग कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्री सचिवालय सदस्य तथा छोरी गङ्गा दाहाल पनि भ्रमण टोलीमा छन् ।‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रतिक्रिया दिनुहोस