प्रधानमन्त्री प्रचण्ड इटालीमा, राजदूतसहितका अधिकारीद्वारा स्वागत

सफल खबर संवाददाता

आइतबार, ०७ साउन २०८०, १४ : २४
प्रधानमन्त्री प्रचण्ड इटालीमा, राजदूतसहितका अधिकारीद्वारा स्वागत

काठमाडौँ । प्रधानमन्त्री  पुष्पकमल दाहाल ‘प्रचण्ड संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा हुन गइरहेको कार्यक्रममा भाग लिन इटाली पुगेका छन् ।  प्रचण्ड स्थानीय समय अनुसार आइतबार ७ः३० बजे रोममा अवतरण गरेका हुन् । 

 

प्रधानमन्त्रीलाई नेपाली राजदूत भरतकुमार रेग्मीसहित इटालीका परराष्ट्र मन्त्रालयका अधिकारीहरुले स्वागत गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।  अतिकम विकसित राष्ट्रहरूको अध्यक्षको हैसियतमा खाद्यसम्बन्धी कार्यक्रमको उद्घाटन समारोहमा  प्रधानमन्त्रीको सम्बोधन रहनेछ ।

हालै नेपालले पाँच वर्षका लागि अतिकम विकसित राष्ट्रहरूको ग्लोबल कोर्डिनेसन ब्यूरोको अध्यक्षता ग्रहण गरेको छ ।प्रधानमन्त्री साउन १२ मा नेपाल फर्किने कार्यक्रम रहेको छ । 

प्रतिक्रिया दिनुहोस