देशभरका सबै विद्यालयमा इन्टरनेट सेवा पुर्‍याउने सञ्चारमन्त्री शर्माको प्रतिवद्धता

सफल खबर संवाददाता

शनिबार, ०६ साउन २०८०, १६ : ४२
देशभरका सबै विद्यालयमा इन्टरनेट सेवा पुर्‍याउने सञ्चारमन्त्री शर्माको प्रतिवद्धता

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले चालु आर्थिक वर्षभित्र देशभरका सबै विद्यालयमा इन्टरनेट सेवा पुर्‍याउने तयारी गरेको बताएकी छन् ।

बाराको सिमरामा नेपाल टेलिकम प्रादेशिक निर्देशनालयले आयोजना गरेको कार्यक्रममा उनले शिक्षालाई प्रविधियुक्त बनाउन देशभरिका सबै विद्यालयमा गुणस्तरीय इन्टरनेट पुर्‍याउने तयारी भइरहेको बताईन्।

धेरै विद्यालयमा इन्टरनेट सुविधा पुगिसकेको र बाँकी विद्यालय पनि चालु आर्थिक वर्षभित्र इन्टरनेट पुर्‍याउने उनको भनाई छ । पूर्वाधार निर्माणका क्रममा सरकारी निकायबीच समन्वय नहुँदा समस्या उत्पन्न हुने गरेको उल्लेख गर्दै उनले सडक, खानेपानी, विद्युत, दूरसञ्चारका पूर्वाधार निर्माणमा समन्वयमा ध्यान दिन आग्रह गरिन् ।

प्रतिक्रिया दिनुहोस