विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘सेटिङ’ बिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका उनले विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा सेटिङ नभएसम्म विमानस्थलबाट सुन वा अरु कुनै पनि सामग्री तस्करी सम्भव नरहेको बताएका हुन् ।
“सेटिङबिना यति ठूलो परिमाणको सुन तस्करी सम्भव छैन । यो सेटिङमा भएको हो । तर, कुन तहसम्मको सेटिङ छ भन्ने मात्रै हो,” उनले भने, “यसको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने हाम्रो पार्टीकाे माग छ ।”
सर्वसाधरणको एउटा मोबाइलसमेत भेट्ने सरकारले सयौं किलो सुन नभेट्ने भन्ने नहुने उनको तर्क छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ साउन २०८०, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने
भारत भ्रमणबाट स्वदेश फर्किनु अघि अयोध्या पुगे रवि