विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘सेटिङ’ बिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका उनले विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा सेटिङ नभएसम्म विमानस्थलबाट सुन वा अरु कुनै पनि सामग्री तस्करी सम्भव नरहेको बताएका हुन् ।
“सेटिङबिना यति ठूलो परिमाणको सुन तस्करी सम्भव छैन । यो सेटिङमा भएको हो । तर, कुन तहसम्मको सेटिङ छ भन्ने मात्रै हो,” उनले भने, “यसको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने हाम्रो पार्टीकाे माग छ ।”
सर्वसाधरणको एउटा मोबाइलसमेत भेट्ने सरकारले सयौं किलो सुन नभेट्ने भन्ने नहुने उनको तर्क छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ साउन २०८०, १० : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछाने र राजेन्द्र लिङ्देनबिच भेटवार्ता
त्याग गर्नेहरूको सूचीमा मेरो नाम पहिलो नम्बरमा दर्ज गराइसकेको छु : रवि लामिछाने
तारिख बुझ्न जिल्ला अदालत कास्की पुगे रवि लामिछाने
रवि र बालेनबिच ७ बुँदे सहमति, यस्तो छ सहमतिको पूर्णपाठ
रवि–बालेनको ‘डबल गेम’ : एक पार्टी कि चुनावी गठबन्धन ?
‘बालेनपछि सुदन र कुलमानसँग पनि कुरा गर्दै छौँ’ : रवि लामिछाने