भरतपुरको ग्रीनल्याण्ड स्कुललाई सिंगापुरमा 'इनोभेटिभ स्कुल अवार्ड'

सफल खबर संवाददाता

विहीबार, ०४ साउन २०८०, १६ : ४८
भरतपुरको ग्रीनल्याण्ड स्कुललाई सिंगापुरमा 'इनोभेटिभ स्कुल अवार्ड'

भरतपुर। चितवनको भरतपुर महानगरपालिका १२ स्थित ग्रीनल्याण्ड पब्लिक स्कुल  सिंगापुरमा' इनोभेटिभ स्कुल अवार्ड २०२३,बाट सम्मानित भएको छ ।एक्जिटो एजुकेसन अष्ट्रेलियाको आयोजनामा सिंगापुरमा सम्पन्न एक्जिटो इन्टरनेशनल एक्सिलेन्स अवार्ड कार्यक्रममा ग्रीनल्याण्डले' इनोभेटिभ स्कुल अवार्ड २०२३, प्राप्त गरेको हो। कार्यक्रममा नेपालको शिक्षा क्षेत्रमा योगदान दिएका ३३ स्कुल र स्कुल सञ्चालक सम्मानित भएका थिए ।

सोही कार्यक्रममा ग्रीनल्याण्डले उक्त अवार्ड प्राप्त गरेको हो । स्कुलकी प्राचार्य इन्दिरा पन्त कार्की उक्त अवार्डबाट सम्मानित भईन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार कार्की पनि सहभागी थिए । शिक्षा क्षेत्रमा बिकासमा विद्यालयले पुराएको योगदानको मुल्याङ्कन गर्दै आयोजकले इनोभेटिभ स्कुल अवार्डबाट सम्मान गरेको प्राचार्य कार्कीले जानकारी दिईन् ।

यो अवार्ड समग्रमा चितवनकै विद्यालयहरुको लागि गौरवको बिषय भएको उनको भनाइ छ । शिक्षक, विद्यार्थी, अभिभावक सबैको योगदानका कारण विद्यालयले यो उपलब्धि हासिल गरेको उनले बताईन् । कार्यक्रममा नेपालभरीबाट छनोटमा परेका विभिन्न  स्कुल, कलेज तथा तिनका सञ्चालकहरुलाई शिक्षा क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर कदर गर्दै अवार्ड प्रदान गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस