काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पञ्चायत, बहुदल र गणतन्त्रमा एउटै वर्गको तस्कर सक्रिय रहेको दाबी गरेका छन् ।बुधबार त्रिभुवन विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन बरामद भएपछि सांसद बजगाईंले तस्करहरूले सत्ता र नेताको भान्सामा नै पहुँच राख्ने बताएका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्-
‘चालचलन बिग्रिएका पञ्चायती व्यवस्थामै पटक पटक सुन तस्करी कार्यमा पक्राउ परेका व्यक्तिलाई नेपालको एउटै र सर्वाधिक सामरिक प्रस्थान विन्दुमा त्रिभुवन विमानस्थलमा सेवा सञ्चालन सम्झौता दिनु नेपालको हवाई सेवा, पारवाहन, कार्गो विश्वसनीय छैन भन्नु हो।
पञ्चायत, बहुदल, गणतन्त्रमा ‘एउटै वर्गको तस्कर’ सक्रिय छ। स्मरणः आईजीपी अच्युतकृष्ण खरेलले मातहतको गृहमन्त्रीसँग च्यालेन्ज गर्दै एकैपटक नेता संरक्षित ६ सुन तस्कर थुनामा राखेको। तस्करहरू भयानक छन् उनीहरू सत्ता र नेताका भान्सै......राख्छन् ।
एअरपोर्ट ट्रली सरसफाइ कौल(पसल सञ्चालक बाट अवैध डलर बरामद भयो (उही ठेकेदार यथावत्। सुन तस्करीमा पक्राउ परेकै व्यक्ति एयरपोर्ट सेवा सञ्चालक।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ साउन २०८०, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटको विरोध गर्दै संसद्को बाल्कोनीमा उभिए कांग्रेस सांसद बजगाईं
टीआरएफलाई आतंककारीको सूचीमा राख्न सरकारसँग कांग्रेस सांसदको माग
रास्वपाका सहमहामन्त्री क्यानका डीजी जोगाइदिनुपर्यो भन्दै आउनुभयो : सांसद बजगाईं
प्रधानमन्त्री अझै यो सरकार टिकाउन सकिन्छ कि भनेर लाग्नुभएको छ : सांसद बजगाईँ
‘बूढीगण्डकी परियोजनामा प्रधानमन्त्री सहित हामी अन्यायमा पर्यौँ’ : सांसद बजगाईँ