काठमाडौं। अहिलेसम्मकै सबैभन्दा ठूलो फिफा महिला विश्वकपको उद्घाटन खेलको केही घण्टाअघि न्युजिल्याण्डमा गोली चलेको छ । अकल्याण्डमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएको बीबीसीले उल्लेख गरेको छ ।
घटना बिहीबार न्युजिल्याण्डको सबैभन्दा ठूलो सहर अकल्याण्डमा भएको हो । फिफाले घटनाको बाबजुद पनि न्युजिल्याण्ड र नर्वेको खेल पूर्वनिर्धारित तालिका अनुसार नै हुने जनाएको छ ।समूह ए मा रहेको न्युजिल्याण्ड र नर्वे बीचको खेल नेपाली समय अनुसार बिहीबार दिउँसो सवा १२ बजे सुरु हुनेछ ।
न्युजिल्याण्डमा फुटबलको सबैभन्दा ठूलो महोत्सवको माहोल हुने दिन यस घटना भएको हो ।नर्वेको टिम बसेको होटल नजिकै उक्त घटना भएको हो । अकल्याण्डका मेयर वायने ब्रोनले फिफा पदाधिकारी र फुटबल टिम सबै सुरक्षित रहेको जनाएको छ ।प्रधानमन्त्री क्रिस हिपकिन्सले उक्त घटनाबाट सर्वसाधारणमा सुरक्षाको ठूलो चुनौती नभएको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ साउन २०८०, ११ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिड्नी बन्डी बिच गोलीकाण्ड : आक्रमणकारी बाबु छोरा रहेको खुलासा
अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीकाण्ड, २ जनाको मृत्यु
दाङको लमहीमा गोली चल्यो, एकजना घाइते
मापकपदार्थ सेवन गरेका बुवाले चलाए गोली, छोराको मृत्यु
सुकुम्वासी बस्तीमा ७ राउन्ड गोली फेला
जनकपुरमा प्रहरी र व्यवसायीबीच झडप, प्रहरीले चलायो गोली, १० प्रहरीसहित ११ घाइते