एउटै माछाले बनाइदियो लखपति !

एजेन्सी

बुधबार, २३ साउन २०७५, १८ : ४९
एउटै माछाले बनाइदियो लखपति !

भारतमा एउटै माछा बेचेर दाजुभाइ लखपति भएका छन । लामो समय देखि मुम्बईमा माछा मार्ने पेशा गर्दै आएका दाजुभाईले दुलर्भ जातको घोल माछा बेचेर लखपति भएका हुन । उनीहरुले ३० किलोको एउटै घोल माछा आफ्नो जालमा पारेका थिए ।

महेश मेहर र उनका भाइ भरत मेहरले जब समुन्दमा मारेको माछा लिएर तटमा आइपुगे उनीहरुले मारेको माछाको चर्चा सुरु भयो । किनकि उक्त माछा सामान्य थिएन । घोल जातको उक्त माछा दुर्लभ हुनका साथै निकै महँगो मानिन्छ ।

उनीहरुसँग घोल माछा रहेको हल्ला बजारभरी फैलियो । उक्त माछा लिलाममा बिक्री गर्ने निधो भयो । उक्त माछा खरिद गर्नका लागि व्यापारीहरुको भीड नै लागेको थियो । अन्ततः एक व्यापारीले सो माछालाई साढे पाँच लाख रुपैयाँमा खरिद गरे ।

यो माछा निकै स्वादिष्ट हुनका साथै बहुपयोगी गुण भएको मानिन्छ । यसमा औषधीय गुणसमेत हुन्छ । पूर्वी एसियामा यो माछा निकै महँगोमा बिक्री हुने गर्दछ । यो माछालाई ‘सुनको मुटु भएको’ पनि भनिन्छ । यो माछा कस्मेटिक उत्पादनमा समेत प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस