छोरीको हत्या अभियोगमा बुवा आमासहित ४ जना पक्राउ

बुधबार, २३ साउन २०७५, १८ : ४१
छोरीको हत्या अभियोगमा बुवा आमासहित ४ जना पक्राउ

बारा । प्रियंकाकुमारी मिश्र हत्या प्रकरणमा संलग्न भएको अभियोगमा उनको बुवा आमा सहित चार जनालाई पक्राउ गरिएको छ । 
प्रहरीले घटनामा संलग्न रहेको अभियोगमा प्रियंकाको बाबु ब्रजकिशोर मिश्र, आमा पुष्पादेवी मिश्र, काका हरिकिशोर मिश्र र रामनाथ मिश्रलाई पक्राउ गरेको हो । प्रहरीले प्रारम्भिक अनुसन्धान पछि साउन २१ गते उनीहरुलाई पक्राउ गरेको थियो ।
बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जितसिंह राठौरले हत्यामा बुवा आमाको संलग्नता देखिएकोले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको जानकारी दिनुभयो । 
कलैया उपमहानगरपालिका ५ घुसुकपुर टोल बस्ने १७ बर्षिया  प्रियंकाको असार १२ गते बेलुका उपचारको लागि वीरगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको बताइएपनि प्रियंकाको हत्या भएको आशंका गरिएको छ ।  उनीहरु विरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता गरिएको छ । बारा जिल्ला अदालतबाट म्याद थप गरेर घटनाबारे अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस