काठमाडौँबाट धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना

सफल खबर संवाददाता

बुधबार, ०३ साउन २०८०, १६ : ४५
काठमाडौँबाट धुलिखेल जाँदै गरेको बस साँगामा दुर्घटना

काठमाडौँ । भक्तपुर र काभ्रेपलाञ्चाको सीमा साँगामा बस दुर्घटना भएको छ । काठमाडौँबाट धुलिखेल जाँदै गरेको काभ्रे काठमाडौँ यातायातको बा ३ ख ९३९६ नम्बरको नगर बस साँगामा दुर्घटना भएको हाे ।

 

दुर्घटनामा  ६ जना यात्रु घाइते भएका छन् ।    साँगा पुलमुनी भीरबाट बस खसेको प्रहरी वृत जगातीका डिएसपी राजकुमार श्रेष्ठले जानकारी दिए । दुर्घटनामा घाइते यात्रुको भक्तपुरको नयाँठिमीस्थित मध्यपुर अस्पतालमा भर्ना गरिएको श्रेष्ठले बताए । घटनाबारे थप विवरण आउन बाँकी  ।

प्रतिक्रिया दिनुहोस