काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले महामन्त्रीको कार्यक्रम सबै कार्यान्वयन हुन सके कांग्रेस स्वर्ण युगमै जाने बताएका छन् ।केन्द्रीय समिति बैठकमा उनले भने, ‘महामन्त्रीको कार्यक्रम सबै कार्यान्वयन हुन सके कांग्रेस स्वर्ण युगमै जाने छ ।
कांग्रेस जनताको बीचमा गएर फेरि पनि पहिलो पार्टी हुन कसैले रोक्ने छैन ।’साथै खतिवडाले महामन्त्रीको प्रस्तावमा महासमिति बैठकको कुरा उल्लेख नभएको बताए । ‘महासमितिको निर्वाचन हुन बाँकी जिल्लामा अविलम्ब निर्वाचन गर्न भन्नुपर्छ ।
एक वर्षभित्र महासमितिको बैठक राख्ने कुरा थपेर कार्यक्रम प्रस्तुत गर्दा राम्रो हुन्छ ,’ उनले भने । उनले दिवंगत् नेताहरूको जन्म जयन्ती र स्मृतिमा कार्यक्रम थप गर्नुपर्ने बताए । ‘पुस ८ गते किसुनजीको जन्मजयन्तीका अवसरमा कार्यक्रम तय गरियोस् । साथै योगेन्द्रमान शेरचन, रामनारायण मिश्र, बलबहादुर राई लगायतको पनि स्मृति दिवसमा कार्यक्रम ल्याइयोस् ,’ उनले भने ।
पार्टीमा एक अर्कालाई गाली गर्ने पद्धति अन्त्य गर्नुपर्ने बताए । ‘हामी एउटाले अर्कोलाई गाली गर्छौँ । गुटलाई प्रशय दिन्छौँ । यो पद्धतिलाई अन्त्य गर्नुपर्छ । कसैले महामन्त्रीलाई गाली गर्छन्, कसैले सभापतिलाई गाली गर्छन् । यसरी पार्टी दह्रो हुँदैन,’एकले अर्कालाई गाली गरेर महान् बन्ने परम्परा अन्त्य हुनुपर्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ साउन २०८०, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्री बनाउन यो सरकार भ्रष्टहरू खोज्दै हिँडेको रामहरि खतिवडाको आरोप
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडाले दिए उम्मेदवारी
कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडालाई बनाउने
सुनुवाइ समितिमा रामहरि खतिवडालाई लैजाने तयारी
रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा
रामहरि खतिवडालाई राजीनामा दिन लगाउने काँग्रेसको तयारी