चितवन। चितवनमा ग्यास बुलेटमा लागुऔषध गाँजा लुकाएर ओसारेको आरोपमा दुई जना पक्राउ परेका छन् ।आज दिउँसो खैरहनी पर्साबाट पूर्व जाँदै गरेको एमएच४८एवाई४७०९ भारतीय नम्बरको ग्यास बुलेटमा लुकाइछिपाइ ल्याएको ७० केजी गाँजासहित दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा ग्यासका चालक भारत झारखण्ड कोर्डमा बस्ने ३५ वर्षीय मनोजकुमार पासवान र मकवानपुर मनहरी गाउँपालिका–७ बस्ने वर्ष ४५ को राजु वाइवा रहेका छन् । प्रहरीले लोथरमा शंका लागि चेकजाँच गर्ने क्रममा उक्त गाडीको अगाडिको भागको सिटमुनि र टुलबक्समा लुकाई छिपाई ल्याएको (११ पोका) अन्दाजी ७० केजी गाँजा र गाडीसहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ साउन २०८०, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारको विरोध गरेको आरोपमा समाजिक अभियन्ता पक्राउ
नक्कली प्रमाणपत्रसहित रुपन्देहीबाट एक भारतीय नागरिक पक्राउ
गुन्डा नाइके राजु गोर्खाली पक्राउ
६ करोड बराबरको क्रिप्टो कारोबार गरेको आरोपमा ४ जना पक्राउ
नापी कार्यालय खैरहनीका हाकिमलाई मोसो दल्ने एकजना पक्राउ
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ