काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कार्यकाल सकिएका पार्टीका ६ वटा भ्रातृ संगठनको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव पेश गरेका छन ।
आज मंगलबारबाट पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको केन्द्रीय कार्यसमितिको बैठकमा थापाले उक्त प्रस्ताव पेश गरेका छन । बैठकमा महामन्त्री गगनकुमार थापाले नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ र नेपाल दलित संघको तदर्थ समिति भदौ १५ भित्र बनाउन प्रस्ताव राखेका छन।
त्यसैगरी महामन्त्री थापाले म्याद सकिएको तर पूर्णता नपाएका नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संगठनलाई ६ महिनाभित्र अधिवेशन गरिसक्ने गरी भदौ १५ भित्र पूर्णता दिन पनि प्रस्ताव गरेका छन ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ साउन २०८०, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सत्ता गठबन्धनको बैठकमा गगन थापा गएनन्
गगन थापाविरुद्धको अवहेलना मुद्दा न्यायाधीश प्रधान र पाण्डेयको इजलासमा
'हामी तलमाथि गर्दैनौँ, तर सरकारले रिजल्ट दिनुपर्छ’: गगन थापा
विधेयक टुंग्याइरहेका बेला ट्रेड युनियनको आन्दोलन रोक्न आग्रह गर्छु: गगन थापा
'सरकार ट्याक्टरको गतिमा चलिरहेको छ' : गगन थापा
संविधान संशोधन गरेर ०८४ को निर्वाचनमा जानुपर्छ : गगन थापा