काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पत्नी सीता दाहालले मृत्यु पनि निकै शान्त रोजेको बताएका छन् । मंगलबार बालुवाटारमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले सीता विरामी भएपछि राज्यबाट कुनै सुविधा नलिईकनै उनलाई उपचारका लागि आफूहरू हरतरहबाट लागिपरेको बताए ।
साथै उनले अन्तिम अवस्थामा अस्पतालको आइसीयु वा भेन्टिलेटरमा उनको पीडादायी मृत्युवरण देख्नुपर्छ कि भन्ने चिन्ता लागे पनि बाच्दासम्म सीताले अरूलाई पीडा नदिएको बताए । ‘सीताले मृत्यु पनि निकै शान्त रोजिन् । साढे सात बजे अस्पताल लगेकोमा लगभग ८ : ३० मा उनी बिदा भइन् ।’
सीताप्रति श्रद्धाञ्जली दिने सबैलाई धन्यवाद व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले अस्पतालदेखि पार्टी कार्यालयसम्म र आर्यघाटदेखि बालुवाटारसम्म उनले पाएको सम्मान र श्रद्धाञ्जली उनको त्याग तपस्या र बलिदानप्रति जनताको न्याय र सम्मान भएको बताए ।
‘उनको मृत्युमा प्रकट भएको जनअभिव्यक्ति र जनाउभरले मलाई र मेरो परिवारलाई देश र जनताप्रति अझ ठुलो जिम्मेवारी बोध गराएको छ’, प्रचण्डले शोकको घडीमा समाजका सबै क्षेत्र, तह, तप्का र मित्रराष्ट्रसहित सबैजसो सरकार प्रमुखबाट प्राप्त सहानुभूतिप्रति आभार प्रकट गरे । साथै उनले सबैतिरबाट पाएको साथले आफूलाई देश र जनताप्रति थप जिम्मेवार हुन प्रेरित गरेको महसुस भएको बताए ।
श्रद्धाञ्जली सभामा उपराष्ट्रपति, पूर्व उपराष्ट्रपति ,सभामुख, राष्ट्रिय सभा अध्यक्ष,पूर्व प्रधानमन्त्रीहरू, मन्त्रीहरू, कूटनीतिज्ञहरूका साथै समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू सहभागी भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ साउन २०८०, १२ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड