काठमाडौं । वीर अस्पतालमा साउन १ गतेदेखि ओपीडी सेवा बिहान ८ देखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने भएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले असार २२ गते गरेको निर्णय अनुसार वीर अस्पतालमा बिहान ८ बजेदेखि ओपीडी सेवा सञ्चालन गर्ने कार्यक्रम आज देखी कार्यान्वयनमा आउन लागेको हो।
तर, न्याम्स अन्तर्गतका केही चिकित्सकले भने यो निर्णयप्रति आपत्ति जनाउँदै आएका छन्। न्याम्सका प्राध्यापकहरूको संस्था फ्याकल्टी डक्टर्स एसोसिएसन (एफडीए) ले विज्ञप्ति जारी गरेर यो निर्णयको विरोध गरेका हुन्।
एफडीएले सबैजसो विभागहरूको बिहानको अडिट र क्लिनिकल कक्षाहरू बिहान ८ बजे नै सुरु हुने भएकाले सोही समयमा ओपीडी सुरु गर्दा कक्षाहरूमा असर पर्ने जनाएको छ।
एफडीएले नयाम्सको निर्णयप्रति असहमति जनाउँदै सच्याउनसमेत आग्रह गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०१ साउन २०८०, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वीर अस्पतालको उद्घाटनमा वीरशमशेरले भनेका थिए- रैतीले उपचारमा एक पैसा खर्च गर्न पर्दैन
वीर अस्पताल सुधारका लागि कार्यदल गठन
वीर अस्पतालमा दुई सिफ्टमा अपरेशन सेवा शुरु
वीर अस्पतालका बेड-बेडमा औषधि बिचौलिया
वीर अस्पतालमा ९ वर्षपछि पुनः सुरु भयो जलनको उपचार