एनआरएनए साउदीको अध्यक्षमा रविना अर्यालको मात्रै उम्मेदवारी

सफल खबर संवाददाता

आइतबार, ३१ असार २०८०, २१ : १४
एनआरएनए साउदीको अध्यक्षमा रविना अर्यालको मात्रै उम्मेदवारी

काठमाडौं। साउदी अरव, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) साउदी अरबमा कार्यसमिति चयन प्रकिया अगाडी बढेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले जुलाई १५ सम्म उम्मेदवारी दर्ता भएका आबेदकको नामावली प्रकाशित गरेको छ । अध्यक्षलगाएतका धेरै पदमा एक जनाको मात्रै उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । 

निर्वाचन समितिले जारी गरेको सूचना अनुसार  अध्यक्षमा रबिना अर्यालको मात्रै उमेदवारी परेको छ । अध्यक्षमा रबिना अर्यालको मात्रै उमेदवारी परेकोले उनीलगाएत प्राय सबै कार्यसमिती नै निर्विरोध भएको छ । 

बरिस्ठ उपाध्यक्ष बाहेक सबै पदमा चाहिने जती मात्रै उम्मेदवारले उम्मेदवारी दर्ता गरेकाले सबै निर्विरोध भएका छन तर निर्वाचन समितिले भने दावी बिरोध हेरेर पर्कृयागत तवरले उक्त जानकारी गराऊनेछ । सुरुमा रोशन कुमार श्रेष्ठले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराए पनि उनले रबिना अर्याललाई  नै अध्यक्षमा सहयोग गर्ने भन्दै आफ्नो उमेदवारी फिर्ता लिएको जानकारी आधिकारिक रूपमा निर्वाचन समितिको ईमेलमा पठाएका छन् ।

अन्य पदका उमेदवारको सम्वन्धमा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरबको नवौँ राष्ट्रिय महाधिबेशन बाट २०२३ - २०२५ कार्यकालको लागि बिधानको दफा १३.१ मा रहेका पदिय प्रावधान बमोजिम उम्मदेवारीहरू आह्वान गरिएकोमा निर्धारित मिति १५ जुलाई २०२३ सम्ममा प्राप्त उम्मेदवारीहरूको पहिलो सूची निर्वाचन समितिले प्रकाशन गरेको छ । पुर्ब प्रकाशित निर्बाचन कार्य तालिका बमोजिम प्राप्त उम्मेदवार हरूको प्रथम सूचीमा आगामी १७ जुलाई बेलुकी ८.०० बजे भित्रमा दावी, बिरोध उजुरी गर्नसक्ने समितिले जनाएको छ । 

कसैको दावी बिरोध भएमा निर्बाचन समितिको आधिकारिक इमेल [email protected] मा इमेल गर्न निर्वाचन समितिका संयोजक एबं एनआरएनए मध्यपुर्वका संयोजक राजेन्द्र अर्याल जोनले आग्रह गरेका छन् । 

निर्वाचन समितिमा उम्मेदवारी परेका नामहरू सार्वजनिक गरेको छ । आईसीसी सदस्यमा राम बहादुर क्षेत्री र दीपक रेग्मीको उम्मेदवारी परेको छ ।  

अध्यक्षमा रबिना अर्याल, वरिष्ठ उमेश भट्टराई र  बिशाल कुमार श्रेष्ठ, उपाध्यक्षमा राजकुमार गिरि, कृष्ण कुमार श्रेष्ठ, मनिष कोइराला र हेम सुबेदीको उम्मेदवारी परेको छ। महासचिवमा शुक्र तामाङको उम्मेदवारी परेको छ । यसैगरी सचिवमा ध्रुब कटवाल, कोषाध्यक्षमा योगेन्द्र श्रेष्ठ, सह-कोषाध्यक्षमा दुर्गा बहादुर काउचा, युवा संयोजकमा बिष्णु रावत, महिला संयोजकमा लक्ष्मी थापा मगरको उम्मेदवारी परेको छ ।

त्यस्तै सदस्यमा देवीबहादुर कार्की, युवराज पोखरेल, पदम बहादुर महत, दीपक ढुङ्गाना,अमृत बहादुर तामाङ, धर्मेन्द्र कार्की र ओम प्रकाश काफ्लेको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस