स्वाधिन अर्थतन्त्रको विकासको लागि नयाँ क्रान्ति आवश्यकः लिलामणि पोखरेल

सफल खबर संवाददाता

आइतबार, ३१ असार २०८०, १६ : ४४
स्वाधिन अर्थतन्त्रको विकासको लागि नयाँ क्रान्ति आवश्यकः लिलामणि पोखरेल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का सचिव लिलामणी पोखरेले परम्परागत नीतिलाई परिवर्तन गर्न नसके स्वाधिन राष्ट्रिय अर्थतन्त्र निर्माण हुन नसक्ने बताएका छन् । उनले त्यसको लागि नयाँ प्रकारको क्रान्ति नै आवश्यक भएको बताए ।

“अहिले जसरी चलिरहेको छ, त्यो केही समय त चल्ला तर नयाँ इनोभेसन भएन भने यो धेरै समय चल्दैन । आफ्नो उत्पादन नगरेर बाहिरबाट ल्याएर बेच्दै जाने हो भने दलाल मात्रै हुनेछौं । देशको अर्थतन्त्र विकासको लागि नयाँ एउटा क्रान्ति आवश्यक छ” पोखरेलले भने ।

आइतबार नेपाल उद्योग व्यापार महासंघले आफ्नो स्थापना दिवसको अबसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै पोखरेलले बलियो राष्ट्रिय अर्थतन्त्र निर्माणको लागि नीतिगत रुपमै हस्तक्षेप गर्नुपर्नेमा जोड दिए । राष्ट्रिय र अर्थतन्त्रका विकासका आयालमलाई जोड्नु पर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै पोखरेलले समाजवाद उन्मुख अर्थतन्त्रको लागि उत्पादन बढाउनु पर्नेमा बताए । विदेशी समान ल्याएर देश आत्मनिर्भर नहुने भन्दै पोखरेलले उत्पादनको नेतृत्व महासंघले लिनुपर्नेमा जोड दिए ।

नेपालमा जडिबुटी प्रशोधन हुन नसक्दा रामदेवले कौडीको भाउ लिएर बहुराष्ट्रिय कम्पनी बनाएर बेचिरहेको बताउँदै पोखरेलले श्रमशक्ति र बिजुली विदेशीलाई बेचेर देशले आर्थिक प्रगति गर्न नसक्ने बताए ।

नेकपा (माओवादी केन्द्र) का युवा नेता सांसद गंगा कार्कीले नेपाललाई आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिनुपर्ने बताए । उनले उत्पादनको लागि महासंघले कमाण्डरको भूमिका निभाउनुपर्ने बताए ।

महासंघका अध्यक्ष खिमलाल भण्डारीले स्वाधिन अर्थतन्त्र निर्माणको लागि उत्पादन बढाउने आफूहरुको उद्देश्य रहेको बताउँदै त्यसका लागि आवश्यक पर्ने नीतिहरु परितर्वन गर्न सरकारसँग आग्रह गरे ।

कार्यक्रमका महासचिव खिमनारायण पराजुलीले स्वाधिन अर्थतन्त्रको लागि महासंघ निरन्तर अगाडि बढ्ने बताए । महासंघले स्थापना दिवसको अबसरमा रक्तदान समेत आयोजना गरेको थियो । रगतदान गर्नेहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । रगतदान गर्नेहरुलाई अध्यक्ष भण्डारीले धन्यवाद समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस