भरूवा बन्दुकसहित १ जना पक्राउ

सफल खबर संवाददाता

आइतबार, ३१ असार २०८०, ०६ : ५३
भरूवा बन्दुकसहित १ जना पक्राउ

काठमाडौ । डडेल्धुराको अजयमेरु गाउँपालिका–६ भण्डारी गाउँ बस्ने ४२ वर्षीय वीरसिंह भण्डारीलाई एकनाले भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ ।

भण्डारीसँग ईजाजतपत्र नभएको बन्दुक रहेको भन्ने सूचनाका आधारमा प्रहरी चौकी देवलदिब्यपुरबाट खटिएको प्रहरीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो ।

सोलुखुम्बुको सोताङ गाउँपालिका–५ केल्चाकस्थित चुकसुदो सामुदायिक वनबाट लोड भएको बेवारिसे भरूवा बन्दुक प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय सोताङबाट गस्तीमा खटिएका प्रहरीले बन्दुक फेला पारी बरामद गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस