एनआरएनए कतारको अध्यक्षमा भट्टको उम्मेदवारी

सफल खबर संवाददाता

शनिबार, ३० असार २०८०, १९ : ५३
एनआरएनए कतारको अध्यक्षमा भट्टको उम्मेदवारी

कतार । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए) कतारको सन २०२३–२०२५ कार्यकालको लागि अध्यक्षमा रमेश भट्टले उम्मेदवारी घोषणा गरेका छन् । एनआरएनए मध्यपूर्वका डीआरसी समेत रहेका भट्टले कतारमा रहेका धेरै नेपाली संघ संस्थाहरुको समर्थनमा उम्मेदवारी घोषणा गरेका हुन् ।

उनलाई जनप्रगतीशिल मंच कतार, जनसंपर्क समिती कतार, प्रवासी नेपाली मंच कतार, जनजाती महासंघ कतारलगाएयत संस्थाले संयुक्त उम्मेदवारको रुपमा अघि सारेको बताइएको छ। एनआरएनको खस्कदो गरिमालाई बचाई राख्दै संस्थालाई पारदर्शी, समावेशी, श्रमीक मैत्री एवं विश्वसनीय एनसीसी बनाउने अभियानमा कतारमा रहेका सबै नेपालीहरुको साथ सहयोगको लागी भट्टले अनुरोध गरेका छन् ।

कतारको सामाजिक धेरै संघसंस्थामा आवद्ध भएर नेतृत्व गर्दै प्राप्त गरेको ज्ञान र अनुभव लाई नेपाली समुदायको हितमा प्रयोग गर्ने ऊद्देश्य सहित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारको अध्यक्षमा उम्मेदवारी घोषणा गरेको उनको भनाइ छ । सो पदमा यसअघि जैबी राई चाम्लिङले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस