कुशल मल्लले लिए पाकिस्तानको तेस्रो विकेट

सफल खबर संवाददाता

शुक्रबार, २९ असार २०८०, १५ : ४३
कुशल मल्लले लिए पाकिस्तानको तेस्रो विकेट

काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा शुक्रबार नेपालले पाकिस्तानको तेस्रो विकेट लिएको छ । पाकिस्तानको तेस्रो विकेट कुशल मल्लले लिएका हुन् ।

कुशलले पाकिस्तानी ब्याट्सम्यान ओमाइर बिन युसुफलाई ३६ रनको ब्यक्तिगत स्कोरमा अर्जुन साउदद्वारा क्याच गराए । तेस्रो विकेट गुमाउँदा पाकिस्तानले २२.४ ओभरमा एक सय १४ रन बनाएको थियो । नेपालले दिएको एक सय ८० रनको लक्ष्य पछ्याएर पाकिस्तानले जवाफी ब्याटिङ गर्दैछ ।

प्रतिक्रिया दिनुहोस