आफ्नै आमा र सन्तानलाई हत्या गरि झुण्डिए तरकारी कृषक

मंगलबार, २२ साउन २०७५, १५ : ५६
आफ्नै आमा र सन्तानलाई हत्या गरि झुण्डिए तरकारी कृषक

ऐजेन्सी । तरकारी खेती गर्न लिएको पैसा तिर्न नसक्दा भारतको तमिलनाडुमा एक कृषकले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने स्थानिय तिरुपुरका मुथुसामी रहेको प्रहरीले जनाएको छ ।
उनले दुई छोराछोरी र ७० वर्षीया आमाको हत्या गरेर आफू पनि झुण्डिएका अनुसन्धानमा खुलेको छ । त्यस बेला उनको श्रीमती गाउँको एउटा मेलामा घुम्न गएकी थिइन् । 
आइतबार बिहान अबेरसम्म घरमा चहलपहल नभएपछि छिमेकीले झ्यालबाट चिहाउँदा मुथुसामीका चारै जना पासो लगाई झुण्डिएको अवस्थामा भेटिए ।

मुथुसामीले चार एकड जमीन भाडामा लिएर गोलभेडा र प्याज खेति गरिरहेका मुथुसामी अपेक्षित उब्जनी नभएपछि निराश भएका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धानमा सपरिवार आत्महत्या गर्नुका कारण आर्थिक व्ययभार भएको पाइएको छ ।

भारतीय सञ्चारमाध्यमलाई प्रहरीले दिएको जानकारीअनुसार मुथुसामीले विभिन्न व्यक्तिसँग नौलाख रुपैयाँ कर्जा लिएका थिए र ब्याजसहित १३ लाख रुपैयाँ पुगिसकेको थियो ।

खेती किसानीबाट आर्थिक उपार्जन गर्न नसकेपछि मुथुसामीले पशुपालन शुरु गरेका थिए भने पत्नी सेल्बी तिरुपुरस्थित एक कपडा कारखानामा काम गर्थिन् । आर्थिक अवस्थाकै कारण श्रीमान् श्रीमतीबीच कयौँपटक घरझगडा हुने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।

मुथुसामीले लिएको ऋण फिर्ता माग्दै साहुहरु घरमा आउन थालेपछि तनाव बढेको थियो । भारतमा आर्थिक अवस्थाका कारण वर्षेनी किसानले आत्महत्या गर्दै आएका छन् ।

मुथुसामीको आत्महत्या आर्थिक अवस्थाकै कारण भएको प्रारम्भिक अनुमान छ । भारतमा २०१४ यता ४० हजार किसानले आत्महत्या गरिसकेका छन् ।
 

प्रतिक्रिया दिनुहोस