काठमाडौँ । नेकपा माओवादी केन्द्रको प्रवास समन्वय समितिले अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डपत्नी सीता दाहालप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ । समन्वय समितिका अध्यक्ष ओम शर्माको नेतृत्वमा शुक्रबार बालुवाटार पुगेको टोलीले सीताप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारका समवेदना प्रकट गरेका हुन् ।
शर्माले प्रवास समन्वय समिति, नेपाली जनप्रगतिशील मञ्च, अखिल भारत नेपाली एकता मञ्च र विश्वभरका प्रवासी नेपालीकोको तर्फबाट सीता दाहाललाई श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना प्रकट गरेका थिए ।
श्रद्धाञ्जली र समवेदना प्रकट गर्न प्रवास समन्वय समितिका नेताहरु टीबी पाठक, इन्द्रराज भट्टराई, मनऋषि धिताल, सुरेन्द्र भुसाललगायत समेत बालुवाटार पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ असार २०८०, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रका सचिव गणेश साहले गरे पार्टी त्यागेको घोषणा
माओवादीभित्र जेनजी रेड टास्क फोर्स गठन, ‘प्रचण्ड’लाई थप एक कार्यकाल अध्यक्ष बनाउने
संसद् विघटनप्रति गम्भीर असहमति छ : माओवादी केन्द्र
माओवादी केन्द्रले शनिबारदेखि मध्यपहाडी लोकमार्ग अभियान पुन: सुरु गर्दै
माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने