सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छ : सांसद दाहाल

सफल खबर संवाददाता

शुक्रबार, २९ असार २०८०, १२ : १३
सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सर अस्पतालमा खर्च गर्नुपर्छ : सांसद दाहाल

काठमाडौँ । राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्ने बताएका छन् । आज राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक, २०८० माथि सुझाव राख्दै राष्ट्रिय सभा सदस्य दाहालले सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने बताए ।

उनले सुर्तीजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत रकम क्यान्सर अस्पताल वा स्वास्थ्य सेवामा खर्च गर्नुपर्ने बताए । सरकारले स्वास्थ्य जोखिम कर वापत उठाउने गरेको रकमबाट थोरै मात्र अस्पतालहरूमा दिइने गरेको भन्दै त्यस्तो रकम स्वास्थ्य सेवामा नै लगाउनुपर्ने बताए । राष्ट्रिय सभा बैठकमा आर्थिक विधेयक, २०८० माथि दफावार छलफल सकिएको छ । 

प्रतिक्रिया दिनुहोस