काठमाडौँ । आज साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १२.६२ अंकको गिरावट आएको । यससँगै नेप्से परिसूचक २०८४.९३ अंकमा आएर रोकिएको छ । यो ०.६० प्रतिशतको गिरावट हो ।यसक्रममा आज ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको ९३ लाख ८२ हजार कित्ता सेयर किनबेच भएको छ ।
यस्तै, ५४ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको सेयर मूल्य घटेको छ । यसबाहेक ५ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।परिसूचक घटेपनि आज ३ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । आज सबैभन्दा धेरै मूल्य गिरावट आउने कम्पनी पिपुल्स हाइड्रोपावर कम्पनी रहेको छ । यस्तै, सबैभन्दा धेरै सेयर कारोबार शिवम् सिमेन्टको भएको छ ।
यो कम्पनीको २३ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।यस्तै, आज कारोबारमा आएका तीन समूहको सूचक भने बढेको छ । आज बैंक, होटल र टुरिजम र म्यूचुअल फण्ड समूहको सूचक बढेको हो । यसबाहेक अन्य १० समूहको सूचक भने घटेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ असार २०८०, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
असोज २ गतेसम्म सेयर कारोबार बन्द रहने
६१ प्रतिशत सेयरको मूल्य घट्दा पनि दोहोरो अंकले बढ्यो बजार, कारोबार १० अर्ब माथि