काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नं. 4 स्थित बैजनाथ बहुभाषिक आधारभूत विद्यालयको हाताभित्र रहेको जमिनको माटो बेचेर भ्रष्टाचार गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गरेको छ ।
गैरकानूनी रुपमा उत्खनन् गरी माटो स्थानीय इँटा उद्योगहरुलाई बिक्री गरी सार्वजनिक सम्पत्ति दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै अख्तियारले विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष लक्ष्मण राना, प्रधानाध्यापक सुरेन्द्र बहादुर बोहरा, न्यु भगवती उद्योगका मेनेजर राजेनद्र बहादुर भाट र प्रोपाइटर धनबहादुर विष्टविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
'आर्थिक वर्ष २०७६/०७७ मा र आ.व. २०७७/०७८ मा माटो उत्खनन् गरी जमिन समथर र पोखरी निर्माण गर्दा तत्कालीन प्रदेश सरकारको आर्थिक ऐन, २०७६ को दफा ८ बमोजिमको अनुसूची-६ र सुदुरपश्चिम प्रदेश आर्थिक ऐन, २०७७ को दफा ८ बमोजिमको अनुसूची-६ ले तोके बमोजिमको करबापतको माटोको जम्मा रकम रु.७,२९,५१४.५० (सात लाख उनान्तीस हजार पाँच सय चौध रुपैया पचास पैसा) बराबरको सरकारी रकम हिनामिना/हानिनोक्सानी गरेको पाइएको हुँदा उक्त भ्रष्टाचारजन्य कार्यमा संलग्न रहेका देहायबमोजिमका प्रतिवादीहरु उपर देहायबमोजिम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ',।
अख्तियारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ र अख्तयारले राना र बोहरासँग सात लाख उनान्तीस हजार पाँच सय चौध रुपैया पचास पैसा, भाटसँग ४ लाख ११ हजार ६०६ र विष्टसँग ३ लाख १७ हजार ९०८ रुपैयाँ ५० पैसा मागबादी गरिएको अख्तियारका सहायक प्रवक्ता देवी प्रसाद थपलियाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २८ असार २०८०, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनको जनजीवन पूर्ववत् अवस्थामा फर्किँदै, विद्यालय सञ्चालनमा
निजी विद्यालयहरूद्वारा आज र भोलि शोक बिदा दिने निर्णय
पर्वतका ३१ विद्यालय विद्यार्थीविहीन, रित्तो विद्यालय रुँग्दै शिक्षक
कक्षाकोठालाई वस्तुभाउबाट जोगाउन विद्यालयमा घेराबारा
गर्मीका कारण विराटनगर महानगरका विद्यालय तीन दिन बन्द
गर्मी बढेपछि कञ्चनपुरको बेलौरीमा दुई दिन विद्यालय बन्द