प्रधानमन्त्री कप : पुलिसलाई हराउँदै टिपटप हेल्प नेपाल शीर्ष स्थानमा

सफल खबर संवाददाता

बुधबार, २७ असार २०८०, १५ : ५५
प्रधानमन्त्री कप  : पुलिसलाई हराउँदै टिपटप हेल्प नेपाल शीर्ष स्थानमा

काठमाडौं । सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल प्रतियोगिता अन्तर्गत पुरुषतर्फ नेपाल पुलिसलाई हराउँदै टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्ड हलमा भएको खेलमा हेल्प नेपालले पुलिसलाई ३-२ को सेटमा हराएको हो । यसअघिका ३ खेलमा अपराजित रहेको पुलिसको लयमा  ३ पाकिस्तानी खेलाडी समावेश हेल्प नेपालले ब्रेक लगाएको हो ।

१-१ बराबरी भपछिको तेस्रो सेट निकै प्रतिस्पर्धात्मक बन्दै हेल्प नेपालले जितेको थियो । चौथो सेटमा सिल्ली मिस्टेकका कारण टिपटप १८ मा रोकिएको थियो ।पाँचौं सेटमा ११-११ मा रहेको खेलमा पुलिसको ब्लक गर्दा हेल्प नेपालका खेलाडी एमलको पेट र हातमा बलले लाग्दा केही बेर खेल रोकिएको थियो ।

पाँचौं सेट २२ को सेटमा पुगेर लगातार २ उत्कृष्ट स्पाइक सहित हेल्प नेपालले खेल जितेको हो ।हेल्प नेपालले आजको खेलबाट २ अंक बटुलेको छ भने पुलिसले हारमा पनि १ अंक बटुल्यो । यससँगै हेल्प नेपाल ११ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस