काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री पुष्पकमल दाहालकी पत्नी सीता दाहालको निधनमा दुःख व्यक्त गरेको छ ।रास्वपा महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकाल शोक वक्तव्य जारी गर्दै सीता दाहालको निधनले आफूहरूलाई मर्माहत र स्तब्ध बनाएको उल्लेख गरेका छन् ।
६९ वर्षीय दाहालको उपचारका क्रममा बुधबार बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।रास्वपाको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहालको आज मिति २०८०/०३/२७ गते बिहान असामयिक निधन भएको खबरले हामीलाई मर्माहत र स्तब्ध बनाएको छ ।
यस दुःखद घडीमा सम्पूर्ण रास्वपा परिवार उहाँको आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं । साथै शोक सन्तप्त परिवारजनमा धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने हार्दिक कामना गर्दछौं ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ असार २०८०, ११ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यस्तो छ राष्ट्रिय स्वतन्त्र पार्टी र विवेकशील साझा पार्टीबिचको ५ बुँदे सहमति
राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय समितिको निर्णय सार्वजनिक
रास्वपा नेता पाँडेको बयान न्यायाधीश कार्कीको इजलासमा सुरु
संसद्मा आज पनि रास्वपाको अवरोध
संसद्को अवरोधबारे छलफलमा रास्वपा
सत्तापक्षका सांसद बोल्न थालेपछि संसद्बाट बाहिरियो रास्वपा