काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहास्थित सडक डिभिजन कार्यालय लहानका लेखा अधिकृत पदम विनोद पोखरेललाई १ लाख घुस रकमसहित पक्राउ गरेको छ ।
अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले मंगलवार साँझ कार्यालयमा छापा मारी पोखरेललाई घुस लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
सडक निर्माणको अन्तिम बिल भुक्तानी दिने प्रयोजनका लागि उनले घुस मागेको पाइएको छ ।
पोखरेल भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको सडक विभाग संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय दमकअन्तर्गत सडक डिभिजन लहानका लेखा अधिकृत हुन् । अख्तियारले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ असार २०८०, ०८ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिन्धुलीमा ५७ हजार अमेरिकी डलरसहित एकजना पक्राउ
प्रहरीमाथि चक्कु प्रहार गर्ने गिरोहका ४ जना पक्राउ
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ