'देश छाडौँ कि रत्नपार्कमा गएर आत्मदाह गरौँ ?' : पल शाह

सफल खबर संवाददाता

मंगलबार, २६ असार २०८०, ०७ : २७
'देश छाडौँ कि रत्नपार्कमा गएर आत्मदाह गरौँ ?' : पल शाह

काठमाडौ । अभिनेता पल शाहले बलात्कार अभियोगमा अदालतबाट सफाइ पाइसक्दा पनि आफूलाई बारम्बार दुत्कारिएको गुनासो गरेका छन्। 

एक टेलिभिजन कार्यक्रममा उनले जेलका कुरा हाँसेर बोलेको तथा कार्यक्रम सञ्चालक सन्दीप क्षेत्रीले बलात्कारजस्तो संवेदनशील विषयमा पनि अट्टहाँस गरेको भन्दै सामाजिक सञ्जालमा चर्काे आचोलना भएपछि अभिनेता शाहले निराशा व्यक्त गरेका हुन्।  

‘अदालतबाट ‘सफाइ’ पाइसकेपछि पनि मैले निधारमा ‘म बलात्कारी हुँ’ लेखेर हिडौँ कि दुःख पीडालाई मुस्कान हाँसोले जितेर मेरो नर्मल जीवनयापन गरौँ’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘कि मैले निधारमा म बलात्कारी हुँ लेखेर देश छोडौँ? कि मैले खुलमखुला रत्नपार्कमा गएर आत्मदाह गरौँ?’

उनले निराशा व्यक्त गर्दै अगाडि लेखेका छन्, ‘कानुनले तँ सही छस् भनेर ‘सफाइ’ दिएको विषय जोडेर बारम्बार प्रहार हुँदा जीवन जिउने अभिलाषा सकिँदोरहेछ...।’

प्रतिक्रिया दिनुहोस