प्रधानमन्त्री कपमा आर्मी र एपीएफको लगातार दोस्रो जित

सफल खबर संवाददाता

आइतबार, २४ असार २०८०, २१ : ३७
प्रधानमन्त्री कपमा आर्मी र एपीएफको लगातार दोस्रो जित

काठमाडौँ । सेनाको त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लब सातौं प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा लगातार दोस्रो जित निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहन सफल भएका छन् । दुबै टोलीको समान ६/६ अंक छ ।

आर्मीले दोस्रो दिन आइतबार दोस्रो जित निकाल्ने क्रममा दावाँली मिलन क्लबलाई २–१९, २५–११, २५–२० अंकले पराजित गर्दै थप तीन अंक जोड्न सफल भएको छ । पहिलो दिनको खेलमा आर्मीले सैलुङ्ग बाघढुङ्गलाई पराजित गरेर तीन अंक जोडेको थियो ।

एपीएफ क्लबले पनि आइतबार भएको आफ्नो दोस्रो खेलमा गण्डकी प्रदेश भलिबल क्लबलाई ३–१ सेटले पराजित गर्दै थप तीन अंक जोडेको हो । पहिलो सेट २१–२५ ले गुमाएको एपीएफ खेलमा फर्कदै लगातार बाँकी तीन सेट २५–२१, २५–२३, २५–१७ अंकले जित्यो । पहिलो खेलमा एपीएफले दावाली मिलन क्लबलाई पराजित गरेको थियो ।

यसैगरी उपाधिको दावेदार टोली टिपटप हेल्प नेपालले पनि आइतबार आफ्नो पहिलो खेलमा सैलुङ्ग बाघढुङ्गा स्पोर्टस् कलब रामेछापलाई ३–० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोड्न सफल भयो । तीनजना पाकिस्तानी खेलाडीसहित कोर्टमा ओर्लिएको हेल्प नेपालले सैलुङ्गलाई २५–१२, २५–१५, २५–१९ अंकले पराजित गरेको हो ।

नेपाल भलिबल संघको आयोजनमा भएको लिगको महिलातर्फको खेलमा एपीएफ क्लबले आर्मीलाई ३–२ सेटले पराजित ग¥यो । आइतबारको जितबाट एपीएफको दुई अंक र हारका बावजुद आर्मीको एक अंक भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको प्रतियोगिताको महिलातर्फकै अर्को खेलमा न्यू डायमन्ड युथ स्पोर्टस क्लबले गण्डकी प्रदेश भलिबल क्लबलाई ३–० सेटले पराजित गर्दै आफ्नो खातामा तीन अंक जोड्यो । न्यू डायमन्डले गण्डकीलाइ २५–१७, २५–१६, २५–१५ अंकले पराजित गरेको हो ।

प्रतिक्रिया दिनुहोस