काठमाडौं । आइतबार साँझ भक्तपुरको काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालकको खोजी गर्नै क्रममा प्रहरी र अपहरणकारीबीच झडप हुँदा दुई जना अपहरणकारीको मृत्यु भएको छ ।
अपरहणमा परेका बालकको शव भेटिएपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा ठिमीमा अपहरणकारी लुकेको सूचना आयो । उनीहरूलाई खोज्दै गएको प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले चलाएको गोली लागेर दुई जनाको घटनास्थलमै मृत्यु भएको महानगरीय अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले जानकारी दिनुभयो ।
अपहरणकारीको लोकेशन ठिमीक्षेत्रमा रहेको जानकारी पाएलगत्तै दुबै जिल्लाका प्रहरीले सर्च अपरेशन सुरु गरेको थियो । अपहरणकारीले खड्कालाई अपहरण गरी करोडौं रकम फिरौती मागेको प्ररम्भिक अनुसन्धानबाट खुलेको छ ।


प्रतिक्रिया दिनुहोस