काठमाडौं । यो साता नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्ममा तोलामा १ हजार रुपैयाँले सुनको मूल्य बढेको सुनचाँदी महासंघले जनाएको हो ।
गत साताको शुक्रबार नेपाली बजारमा छापावाल सुनको मूल्य तोलामा १ लाख ९ हजार ६०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्ममा बढेर १ लाख १० हजार ६०० रुपैयाँ पुगेको छ । यस्तै, यो साताको शुक्रबार तेजाबी सुनको मूल्य १ लाख १० हजार ५० रुपैयाँ छ ।
यो साता आइतबार नै सुनको मूल्य बढेको थियो । यस्तै, सोमबार सामान्य घटेको सुनको मूल्य पुनः मंगलबार बढेको थियो । यसैगरी, बुधबार, बिहीबार र शुक्रबार समेत बढेको थियो । यस्तै, यो साता चाँदीको मूल्य समेत बढेको छ । गत साताको शुक्रबारको तुलनामा यो साता चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । गत साता प्रतितोला चाँदीको मूल्य १३६० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबार १३७५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २३ असार २०८०, १२ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्यमा नयाँ रेकर्ड, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?