एसईईमा यी १६ विषयमा कसैले पनि ल्याउन सकेनन् ‘ए प्लस’

पत्रपत्रिकाबाट

शनिबार, २३ असार २०८०, ०८ : ४१
एसईईमा यी १६ विषयमा कसैले पनि ल्याउन सकेनन् ‘ए प्लस’

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा १६ वटा विषयमा ‘ए प्लस’ ल्याउने विद्यार्थी शून्य देखिएका छन् ।

बोर्डले विभिन्न धारका ८३ विषयमा परीक्षा सञ्चालन गरेको थियो ।बोर्डले एसइईको नतिजा बिहीबार सार्वजनिक गरेको  थियो  ।  विद्यार्थीले  ६७  वटा  विषयमा  ‘ए  प्लस’ प्राप्त गरेका छन् ।

‘ए प्लस’ प्राप्त नगरेका सबै विषय ऐच्छिक हुन् । नतिजा अनुसार वातावरण विज्ञान, समाजशास्त्र, नेवारी, उर्दु, संस्कृत भाषा र साहित्य, इलेक्टिभ अङ्ग्रेजी, नीतिशास्त्र, वेद (शुक्ल आयुर्वेद), न्याय, भूगोल, अङ्ग्रेजी, फलित ज्योतिष, तर्क  सङ्ग्रह,  पत्रकारिता  विषयमा  कसैले  पनि  ‘ए  प्लस’ प्राप्त गर्न सकेनन् । 

बोर्डले परीक्षार्थीको प्राप्ताङ्क अनुसार विषयगत रूपमा  नौ  वटा  ग्रेड  निर्धारण  गरेर  नतिजा  प्रकाशन  गरेको छ । गोरखापत्रमा विस्तृतमा खबर छ ।

प्रतिक्रिया दिनुहोस