काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद र नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मद अल–हेलले शुक्रबार बिदाई भेट गरेका छन ।
राजदुत हेलले सिंहदरबारस्थित अध्यक्ष ज्यूको कार्यकक्षमा गर्नुभएको बिदाई भेटमा नेपाल नेपाल र कतारबीच रोजगारी, व्यापार, लगानी, पर्यटन लगायतका क्षेत्रमा अझै फराकिलो र गहिरो द्विपक्षीय सम्बन्धको विकास हुँदै गएको बारेमा चर्चा भएको थियो ।
अध्यक्ष तिमिल्सिनाले ठूलो संख्यामा नेपाली नागरिकहरूलाई रोजगारीको अवसर प्रदान गरेकोमा कतार सरकारको प्रशंसा गर्दै कतारको अर्थतन्त्रलाई पनि उकास्न नेपाली कामदारहरूले गरेको योगदानप्रति सन्तुष्टि व्यक्त गरे । उनले कतारमा कार्यरत नेपाली श्रमिकले रेमिट्यान्स मार्फत राष्ट्रिय अर्थतन्त्रमा योगदान दिएको तथा यसले नेपाली जनताको जीवनस्तर उकास्न मद्दत गरेको र नेपाल वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन प्रतिबद्ध रहेको छ भने ।
अध्यक्ष तिमिल्सिनाले कतार लगायतका मुलुकको थप उन्नत बन्दैगएको श्रम बजारमा रोजगारी र उच्च आय सुनिश्चित गर्न नेपालले अर्धदक्ष र दक्ष श्रमिकहरु पठाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको पनि बताए । उनले दुई देशबीचको सिधा हवाई सम्पर्कले मानिसहरूको आवतजावतलाई सहज बनाएको छ र पर्यटन प्रर्वद्धनमा मद्दत गरेको उल्लेख गर्दै हाल नेपाल एयरलाइन्स, कतार एयरवेज र हिमालय एयरलाइन्स गरी तीन एयरलाइन्सले नेपाल र कतारबीच सिधा हवाई उडान गरिरहेका छन् भने।
यस्तै नेपाल आगामी दिनमा दुई देश र जनताको पारस्परिक हितका लागि मित्रवत सम्बन्धलाई थप सुदृढ पार्न द्विपक्षीय, क्षेत्रीय र बहुपक्षीय तहमा कतारसँग नजिकबाट काम गर्न तत्पर रहेको कुरा दोहो¥याउँछु भने । भेटमा राजदुतले नेपाली श्रमिकले कतारको बिकासका लागि पु¥याएको योगदानको प्रसंशा गर्दै बढीभन्दा बढी सुबिधा उपलब्ध गराउने बिषयमा पनि गम्भीर रहेको बताए।
उहाँले पोखरा लगायतका बिमानस्थलमा सिधा उडानका लागि कतारका एयरलायन्सहरुको चाँसो राखेर नेपाल सरकारका निकायहरुमा ५(६ पटक सम्म पत्राचार गरेपनि नेपाली पक्षबाट कुनै प्रतिकृया पाउन नसकेको गुनासो समेत गरे । उनले नेपालले चाँसो राखेर अघि बढेमा पोखरा, भैरहवाबाट सिधा उडान नियमित गर्न कुनै समस्या छैन भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ असार २०८०, १६ : २०
लेखकबाट थप