बेकारको विषयमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : प्रवक्ता शर्मा

सफल खबर संवाददाता

विहीबार, २१ असार २०८०, १६ : ५७
बेकारको विषयमा प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : प्रवक्ता शर्मा

काठमाडौँ । पुस्तक विमोचन कार्यक्रममा दिएको अभिव्यक्तिलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिने सरकारले स्पष्ट पारेको छ ।  

बिहीबार मन्त्रीपरिषद्का निर्णय सुनाइसकेपछि सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यस्तो बताएकी हुन् ।  

मन्त्री शर्माले यस विषयमा प्रधानमन्त्रीले राजीनामा दिनु नपर्ने बताइन् । कार्यक्रममा प्रधानमन्त्रीले कुनै अन्यथा नबोलेको पनि उनले बताइन् । उनले सो विषय बेकारको विषय भएकाले संसदमा उठाउनुपर्ने आवश्यकता नै नरहेको बताइन् ।  

 

प्रतिक्रिया दिनुहोस