हेटौडा । बाग्मती प्रदेश सभा बैठक बस्दैछ ।
प्रदेश सभा भवन, हेटौडामा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ ।
आर्थिक वर्ष २०८र०८१ को विनियोजन विधेयकमाथि छलफल गर्दै प्रदेशका मन्त्रीहरुले प्रतिपक्ष दलहरुले दिएका सुझावका आधारमा बजेट तथा कार्यक्रमहरु कार्यान्वयन गरेर अघि बढ्ने बताए पछि बैठक सुचारू भएको थियो ।
यसअघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले बजेटमा बिभेद गरेको भन्दै बजेट माथी छलपफल चलाउन दिएको थिएन तर बाग्मती प्रदेश सरकारले प्रतिपक्षका मागसमेत सुनवाइ गरेर अघि बढने प्रतिबद्धता जनाए पछि बुधवारबाट बैठक सुचारू भएको हो ।
हिजोको बैठकमा भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, वन तथा वातावरण मन्त्री मसिना खड्का, स्वास्थ्य मन्त्री उत्तम जोशी, पर्यटन उद्योग तथा सहकारी मन्त्री पुकार महर्जन, श्रम, रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्साल, कृषि तथा पशुपक्षी विकास मन्त्री राजेन्द्रमान श्रेष्ठले बजेट माथि उठेका प्रश्नहरुको जवाफ दिएका थिए ।
बिहिवारको बैठकमा पनि मन्त्रीहरूले बजेट माथी उठेका प्रश्रको जवाफ दिनेछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ असार २०८०, ०६ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै
लुम्बिनी प्रदेश सभामा आज सामाजिक विकास मन्त्रीले जवाफ दिँदै
लुम्बिनी प्रदेश सभाकी सदस्य रेखा शर्मा मध्यराति काठमाडौंबाट पक्राउ
कर्णाली प्रदेश सभाको सातौँ अधिवेशन आजबाट सुरु हुँदै
गण्डकी प्रदेश सभा बैठक आज मन्त्रालयको सभाहलमा बस्दै
जेनजी आन्दोलनमा जलेकै प्रदेश सभामा बैठक बस्दै