काठमाडौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण बुधवार स्थगित भएको राष्ट्रियसभा बैठक आज बिहीवार बस्दैछ ।
बुधवार अपराह्न २ः३० बजे बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।
एमाले सांसदको अवरोधपछि बैठक अपराह्न ३ बजे बस्ने गरी स्थगित भएको थियो । निर्धारित समयमा बैठक बस्न नसकेपछि संघीय संसद् सचिवालयले पुनः ४ः४५ बजे बैठक बस्ने सूचना जारी गरेको थियो ।
तोकिएको समयमा बैठक बस्न नसकेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीवार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरेका सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ असार २०८०, ०६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
राष्ट्रियसभा बैठक: प्रधानमन्त्री कार्कीले आज चलचित्र विधेयक पेस गर्ने
राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने
राष्ट्रियसभा अन्तर्गत दुईवटा समितिको बैठक बस्दै
राष्ट्रियसभा बैठक बस्दै, चलचित्र विधेयक पेस गरिने
राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी