काठमाडौ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण बुधवार स्थगित भएको राष्ट्रियसभा बैठक आज बिहीवार बस्दैछ ।
बुधवार अपराह्न २ः३० बजे बैठक प्रारम्भ हुनेबित्तिकै एमाले सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी प्रितम सिंह दिल्ली धाएको’ भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बैठक अवरोध गरेका थिए ।
एमाले सांसदको अवरोधपछि बैठक अपराह्न ३ बजे बस्ने गरी स्थगित भएको थियो । निर्धारित समयमा बैठक बस्न नसकेपछि संघीय संसद् सचिवालयले पुनः ४ः४५ बजे बैठक बस्ने सूचना जारी गरेको थियो ।
तोकिएको समयमा बैठक बस्न नसकेपछि राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बिहीवार अपराह्न १ बजे बस्ने गरी निर्धारण गरेका सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ असार २०८०, ०६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
राष्ट्रियसभाको बैठक बस्दै, बजेट पारित गर्ने कार्यसूची
राष्ट्रियसभाको बैठक बस्दै, यस्ताे छ कार्यसूची
विविधताभित्रको एकता नै हामी नेपाली हुनुको पहिचान हो : राष्ट्रियसभा अध्यक्ष
राष्ट्रियसभा बैठक बस्दै, पर्यटन विधेयक प्रस्तुत गरिने