प्रधान सेनापति शर्मा र पाकिस्तानका राजदूत हुसैन हासिमीबीच भेटघाट

सफल खबर संवाददाता

बुधबार, २० असार २०८०, १३ : १६
प्रधान सेनापति शर्मा  र पाकिस्तानका राजदूत हुसैन हासिमीबीच भेटघाट

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि मित्रराष्ट्र पाकिस्तानका राजदूत अब्रार हुसैन हासिमीबीच शिष्टाचार भेटघाट भएको छ । बुधबार  जङ्गी अड्डास्थित प्रधान सेनापतिको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । 

 

यस किसिमको भेटघाटले दुई देशबीच रहिआएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस